Funeso Events

फुनेसोको २३औं अधिवेशन मे १३ तारिक

फुनेसोको २३औं अधिवेशन मे १३ तारिक

फुनेसोको २३औं अधिवेशन मे १३ तारिक

फुनेसोको २३औं अधिवेशन मे १३ तारिक फुकुओकाको सबैभन्दा पुरानो र सबैको संस्था फुकुओका नेपाल सोसाइटी (FUNESO )को २३औं अधिवेशन यही मे महिनाको १३ तारिक हुने भएको छ,यस भन्दा अगाढी अप्रिल महिनामै अधिवेशन सम्पन्न हुँदै आएतापनि यस बर्ष नेपाल फेस्टिवल लाइ असर नपरोस भनेर अधिवेशन पछाडी सारिएको हो,साथै आगामी बर्षमा पनि नेपाल फेस्टिवल र हकाता दोंताकु सकिएपछि फुकुओका नेपाल सोसाइटीको अधिवेशन गरिनेछ । यस बर्षको अधिवेशनका लागि बर्तमान अध्यक्ष पुरुषोत्तम सिग्देलको संयोजकत्वमा ३ सदस्यीय सहमति समिति गठन गरिएको छ जसमा

संयोजक :पुरुषोत्तम सिग्देल

सदस्य :लक्ष्मण बानियाँ (संयोजक एन आर एनए क्युशु)

सदस्य :अर्जुन थापा (संयोजक नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब)

गत महिना अप्रिल २८ तारिक बसेको वर्तमान कार्यसमिति तथा सल्लाहकार ज्युहरुको संयुत्त बैठक बाट यस्तो निर्णय गरिएको हो । फुकुओका नेपाल सोसाइटीको अधिवेशनका लागि विगतमा निर्वाचन कमिटी बनाइएपनि यसले देखिएको विकृतिका कारण यसपटक बाट सहमति समिति बनाइएको हो यसको अर्थ FUNESO को अब बन्ने नायाँ कार्यसमिति सहमतिकै आधारमा टुङ्गो लगाइनेछ ।

फुनेसो को आगामी कार्यसमितीका लागी निम्न अनुसारको पद रहनेछन ।

१. अध्यक्ष १ जना
२. उपाध्यक्ष २ जना
३.सचिब १ जना
४.सहसचिब १ जना
५.कोषाध्यक्ष १ जना
६. सह-कोषाध्यक्ष १ जना
७ .प्रवत्ता:-१ जना
८ .सदस्य ५ जना

भाइटल पदको हकमा: संस्थामा एक कार्यकाल सदस्य पदमा रही सक्रियता पुर्बक काम गरेको हुनुपर्नेछ ।
सदस्यको हकमा : संस्थामा लगेर समय दिन सक्ने र संस्थाले गरेका हरेक कार्यक्रम तथा काममा सहभागी हुन सक्ने ब्यत्ति हुनुपर्नेछ ।

उमेद्वारी दर्ता सम्बन्धमा :
मे ५ तारिक देखि १० तारिक सम्म सहमति समितिका सदस्य जो कोहीलाई निबेदन र उमेद्वारी दर्ता शुल्क बुझाएको रसित सहित आफुले दिन चाहेको पदमा उमेद्वारी दिन सकिनेछ ।
उमेद्वारी शुल्क
अध्यक्ष :-२०००० यन
उपाध्यक्ष :-१०००० यन
सचिब:-५००० यन
सहसचिब:-५००० यन
कोषाध्यक्ष:-५००० यन
सहकोषाध्यक्ष:-५००० यन
प्रवत्ता:५००० यन
सदस्य:२००० यन
उमेद्वारी फिर्ता सम्बन्धमा
मे १२ तारिक साँझ ५ बजेसम्म, यदी आफुले दिएको उमेद्वारी फिर्ता लिन चाहेमा फिर्ता लिने सकिनेछ, मे १२ तारिक साँझ ५ बजे पछाडी उमेद्वारी फिर्ता लिन चाहे पनि उमेद्वारी शुल्क भने फिर्ता हुनेछैन ।
सहमति सम्बन्धमा:-
सकेसम्म सबै पदहरु सहमतिको आधारमा टुंगो लगाइनेछ यदी नमिल्ने अवस्था आएमा सहमति कमिटीले आफ्नो निर्णय अनुसार टुंगो लगाउनेछ ।
उमेद्वारी दर्ता शुल्क सम्बन्धमा:-
उमेद्वार दिने व्यत्तिले फुनेसोको खातामा आफ्नै नामबाट फुरीकोमी गर्नुपर्नेछ।
जसका लागि बैंक खाता निम्न अनुसार रहेकोछ

JP Post Bank
Account Name:福岡ネパールソサエティ
Account no: 17450-54701731

Facebook Comments

Leave a Reply