Since 1995 · 福岡ネパールソサエティー

हाम्रो बारेमा

फुकुओकाको सबैभन्दा पुरानो नेपाली सामुदायिक संस्था: सन् १९९५ देखि क्युस्युका नेपालीहरुको साथमा।

१९९५स्थापना
३०+वर्षको सेवा
२८औँकार्यसमिति
~२०,०००क्युस्युमा नेपाली

फुकुओका नेपाल सोसाइटी (FUNESO) सन् १९९५ मा स्थापित, फुकुओकामा सबैभन्दा लामो समयदेखि सक्रिय नेपाली सामुदायिक संस्था हो। जापानका सबैभन्दा पुराना नेपाली संस्थामध्ये एक FUNESO क्युस्युमा बस्ने नेपालीहरुलाई ढुक्कसँग बस्न सहयोग गर्छ, नेपाली संस्कृति जोगाउँछ र जापान–नेपाल मित्रतालाई बलियो बनाउँछ।

हाम्रो सुरुवात

सन् १९९५ मा फुकुओका प्रिफेक्चरमा जम्मा १० जना जति नेपाली मात्र थिए। नयाँ आउनेहरुलाई चिनेजानेको कोही हुँदैनथ्यो, यहाँको जीवनमा कसरी घुलमिल हुने भन्ने पनि थाहा हुँदैनथ्यो। त्यही बेला केही अग्रजहरुले जापान र नेपालबीच पुल बन्ने र एकअर्कालाई साथ दिने संस्थाको सपना देखे। नेपाली नयाँ वर्ष र चाडपर्वका बेला भेला हुने सानो जमघटबाट FUNESO को यात्रा सुरु भयो।

आज क्युस्युमा करिब २०,००० नेपाली बस्छन्। संख्या बढ्दै जाँदा हाम्रो जिम्मेवारी पनि बढेको छ: नयाँ विद्यार्थीलाई बाटो देखाउने, एक्लिएकालाई साथ दिने, र नेपाली पहिचानलाई जापानी समाजमा गर्वका साथ चिनाउने।

हाम्रो उद्देश्य

🏠 ढुक्कको जीवन

क्युस्युमा बस्ने हरेक नेपालीले जापानमा सुरक्षित र सहज रुपमा बस्न सकून्।

🤝 जापान–नेपाल पुल

सांस्कृतिक आदानप्रदानबाट जापानी समुदायसँग मित्रता र आपसी समझदारी बढाउने।

❤️ एकता र सहयोग

सुख–दुःखमा साथ दिने, कोही पनि एक्लो नपरोस् भन्ने हाम्रो प्रतिबद्धता।

हामी के गर्छौं

🎉 चाडपर्व र जमघट

नेपाली नयाँ वर्ष, तीज, दशैं, देउसी–भैलो लगायतका चाडपर्व सँगै मनाउँछौं। धेरै जापानी साथीहरु पनि यसमा सहभागी हुन्छन्।

🎎 हाकाता दोन्ताकु र नेपाल फेस्टिभल

हरेक वर्ष फुकुओकाको प्रसिद्ध हाकाता दोन्ताकु मिनातो ओमात्सुरी परेडमा नेपाली संस्कृति प्रस्तुत गर्छौं, र अन्य नेपाली संघ–संस्थासँग मिलेर तेन्जिनको चुओ पार्कमा “नेपाल फेस्टिभल फुकुओका” सञ्चालन गर्छौं।

💼 स्युस्योकु सेमिनार (Job Fair)

नेपाली विद्यार्थीलाई जापानी कम्पनीसँग जोड्ने रोजगार सेमिनार। सन् २०२६ मा ५औँ संस्करण सम्पन्न भयो।

📚 दैनिक जीवन सहयोग

नयाँ आएका विद्यार्थीलाई जापानको नियम र जीवनशैलीबारे जानकारी, नेपाली भाषामा परामर्श, र अस्पताल जाँदा दोभाषे सहयोग।

🫶 सुख दुःख कोष

२६औँ कार्यकालमा स्थापित कोषबाट नेपाल वा जापानमा आपत–विपत परेका नेपालीहरुलाई १६ बुँदे निर्देशिका अनुसार सहयोग गरिन्छ।

🆘 विपद् राहत

२०१५ को नेपाल भूकम्प, २०१६ को कुमामोतो भूकम्प, २०१८ को आसाकुरा बाढी र २०२६ को भोटेकोशी बाढीपीडितका लागि राहत संकलन।

हाम्रो यात्रा

  • १९९५ फुकुओका नेपाल सोसाइटी स्थापना। त्यतिबेला फुकुओकामा करिब १० जना नेपाली।
  • २०१५ नेपाल भूकम्पपीडितका लागि राहत अभियान।
  • २०१६–२०१८ कुमामोतो भूकम्प र आसाकुरा बाढीमा जापानी समुदायलाई सहयोग।
  • २०२१–२३ २६औँ कार्यकालदेखि दुई वर्षे कार्यकाल र साधारण सभाको सुरुवात; सुख दुःख कोष स्थापना।
  • २०२५ ३०औँ वार्षिकोत्सव; २८औँ कार्यसमिति निर्वाचित।
  • २०२६ ५औँ स्युस्योकु सेमिनार, देउसी–भैलो सहयोगबाट नेपालका अनाथ आश्रममा स्वास्थ्य शिविर, भोटेकोशी बाढीपीडित सहयोगार्थ तीज कार्यक्रम।

संगठन

FUNESO को सञ्चालन साधारण सभाबाट निर्वाचित कार्यसमितिले गर्छ। स्थापनादेखि २५औँ कार्यकालसम्म कार्यकाल एक वर्षको थियो; २६औँ कार्यकालदेखि दुई वर्षको छ। हाल २८औँ कार्यसमिति (२०२५–२७) कार्यरत छ। संस्थाको बिधान २०५२ अनुसार काम हुन्छ।

सहकार्य र मिडियामा FUNESO

हामी फुकुओका सिटी र स्थानीय अन्तर्राष्ट्रिय आदानप्रदान संस्थाहरुसँग नजिकबाट काम गर्छौं: सरकारी जानकारी नेपाली समुदायसम्म पुर्‍याउने र समुदायका समस्या सम्बन्धित निकायसम्म पुर्‍याउने पुलको भूमिकामा।

日本語:福岡ネパールソサエティーについて

福岡ネパールソサエティー(FUNESO)は、1995年に活動を始めた福岡で最も歴史のあるネパール人コミュニティ団体です。九州に住むネパール人が安心して暮らせるよう、日常生活の勉強会、留学生向けの就職セミナー、母語での相談や通訳のサポートを行っています。また、博多どんたく港まつりへの参加やネパールの祭り(ティージ、ダサインなど)を通じて、日本のみなさんにネパールの文化を紹介しています。ぜひ一緒に交流しましょう。

In English

Founded in 1995, Fukuoka Nepal Society (FUNESO) is the longest-running Nepali community organisation in Fukuoka. We help Nepalis in Kyushu settle in safely, through orientation for new students, job seminars and Nepali-language support. We share Nepali culture with our Japanese neighbours through festivals and the Hakata Dontaku parade, and we run a mutual-aid fund for members in need.

सम्पर्क सहयोग गर्नुहोस्