Funeso Events

फुकुओका नेपाल सोसाइटीको २७ औं अधिवेसन हुने

फुकुओका नेपाल सोसाइटीको २७ औं अधिवेसन हुने

जापानमा नेपालीहरुको संख्या नगन्य रुपमा हुने समयबाटै सम्भवत जापानमा नै पहिलो पटक सन १९९५मा नेपाल र नेपालीको हितका लागी र नेपाली कला संस्कृति, भेषभुषाहरु जापानीज समुदायमा चिनाउने उद्देश्यले स्थापना भएको फुकुओका नेपाल सोसाइटीको गौरवमय २७ औं अधिवेशन २०२३ जुलाइ १७ तारीक सोमबारका दिनको १२ बजेबाट मिनामी सिमीन सेन्टरमा गर्ने तय भएको छ ।
अगिल्लो कार्यकाल सम्म एकवर्षे कार्यकाल रहेता पनि जापानको व्यस्त समयमा एक वर्षे कार्यकालमा केहि कार्यक्रमहरु गर्ने चाहाना हुदाँ हुदै पनि समयको अभावका कारणले कार्यक्रम गर्न बाधा पुगेका कारणले गर्दा २६ औं अधिवेशनबाट विधान संसोधन गरी २ वर्षे कार्यकाल बनाइएको र यस कार्यकालमा सोचे भन्दा राम्रो कार्यहरु गर्न हालको कार्य समिति सफल भएको अनुभव सम्पुर्ण सरोकारवालाहरुले मनन गरेको अनुभव कार्यसमितिले गरेको छ ।
यस कार्यकालमा कोरना भाइरसको महामारीका बिचमा पनि विभीन्न कार्यक्रमहरु जस्तैः स्युस्योकु सेमिनार, देउसी भैलो, हाकाता दोन्ताकुमा परेड सहित सहभागी, नेपाल फेस्टीबल फुकुओकामा सह आयोजकको भुमिका, तिज विशेष कार्यक्रम तथा अन्य विभीन्न कार्यक्रमहरु गर्न सफल भएको थियो ।
अधिवेसनमा सहभागीताका लागी सम्पुर्ण सरोकारवाला निकायहरुलाई उपस्थितीका लागी संस्थाका अध्यक्ष माधव सिग्देलले व्यत्तिगत र संस्थागत तर्फबाट अनुरोध गर्नुभयो ।

Facebook Comments

Leave a Reply