Funeso Events

फुनेसोको १ दिने स्वास्थ्य सिवीर सम्पन्न

फुनेसोको १ दिने स्वास्थ्य सिवीर सम्पन्न

फुकुओका नेपाल सोसाइटी (फुनेसो)ले तनहुँको भिमाद नगरपालीका वडा नं. १ बडहर भन्ज्यांग स्थित श्री सिद्धार्थ उच्च माध्यामीक विध्यालयको प्रांगणमा १ दिने निशुल्क स्वास्थ्य सिवीर २०२३ मे २७ सम्पन्न भएको छ । नियमित स्वास्थ्य जाँच गरौँ स्वस्थ्य बनौ भन्ने मुल नाराका साथ सम्पन्न शिविरमा सहआयोजकको रुपमा तनहुँ समाज जापान, स्थानीय सरोकारवाला निकाय र भिमाद नगरपालिका वडा नं. १ रहेका थिए भने प्राविधीक सहयोग तनहुँ सेवा हस्पीटल शुक्लागण्डकीले गरेको थियो ।

जापानको विभीन्न सहरमा विभीन्न पेसामा रहनुभएका नेपालीहरुलाई सहयोगका लागी फुकुओका नेपाल सोसाइटीले अनुरोध गरी फुनेसोको सहकार्यमा सम्पन्न शिविरमा स्वास्थ्य सिवीरमा पेट, छाती, मुटु, सुगर, थाइराइट, स्त्री तथा प्रसुति रोग, हाडजोर्नी तथा नसा रोगका विरामी तथा ल्याव परिक्षण, भिडीयो एक्स रे जस्ता सेवाहरु करीब ७०० जना बिरामीले सेवा लिनु भयको स्वास्थ्य सिवीर संयोजक फुनेसो पुर्व अध्यक्ष पुरुषोत्तम सिग्देलले नेपालबाट बताउनु भयो । उक्त स्वास्थ्य सिवीरमा उपचारका लागी उपस्थीत हुने सम्पुर्ण विरामीहरुका लागी निशुल्क स्वास्थ्य परिक्षण सँगै निशुल्क औषधि वितरण गरीएको थियो । सदरमुकाम सम्म जानका लागी विभीन्न समस्याका कारण रोग लुकाएर बस्न बाध्य बिरामीहरुले गाँउमै सेवा लिन पाँउदा एकदमै खुसी व्यक्त गरेका थिए । साथै उक्त सिवीरमा उपचार सम्भव नभएका विरामीको त्यस समय पछिको उपचारको लागी पनि समन्वय गरी जिल्ला अस्पताल तथा क्षेत्रीय स्वास्थ्य कार्यालय पोखरा आउनका लागी अनुरोध गरीएको छ । जापानको इतिहासमै सबै भन्दा पुरानो संस्थाको छबि बनाउन सफल यस संस्था नेपाल र नेपालीको हितका लागी सधै एककदम अगाडी रहेको र आगामी दिनमा पनि अग्रसर रहने प्रतिवद्धता व्यक्त गर्दछौ ।

Facebook Comments

Leave a Reply