Funeso Events

फुकुओका नेपाल सोसाइटीको २६ औं अधिबेसन

फुकुओका नेपाल सोसाइटीको २६ औं अधिबेसन

जापान जेठ ४ । फुकुओका नेपाल सोसाइटीको निर्वाचन समितिले पूर्णता पाएको छ ।

भर्चुअल माध्यमबाट अध्यक्ष शिव शर्माको अध्यक्षतामा बसेको बैठकले निर्वाचन समितिलाई पूर्णता दिँदै निर्वाचन तयारीलाई अगाडि बढाउने निर्णय गरेको हो । अध्यक्ष शिव शर्माको संयोजनमा पूर्वअध्यक्ष छत्र दाहाल, रामकृष्ण श्रेष्ठ, लक्ष्मण बानियाँ, पुरुषोत्त सिग्देल, नवीन अधिकारी निर्वाचन समितिमा रहेको छ । उक्त समितिले आगामी जुन १९ तारिख शनिबार मध्यान्न १२ बजे बाट साझ ५ बजे सम्म को लागि तोकिएको अधिवेशनको काम अगाडि बढाउनेर अध्यक्षले ग्रुपमा जानकारी दिने निर्णय गरिएको छ ।

बैठकले संस्थाको विधान संशोधन गर्ने निर्णय गर्दै अध्यक्ष शिव शर्मा, उपाध्यक्ष माधव सिग्देलर सदस्य रवि बस्नेत रहेको कमिटी निर्माण गरेको छ । विधान समितिमा संस्थाका कार्यसमितिबाहेकबाट को मेम्बर रहने भन्ने विषय अध्यक्ष शर्माले सूचना गर्ने पनि निर्णय भएको छ ।

Facebook Comments

Leave a Reply