आर्थिक सहयोग

कुमामोतो क्षेत्रमा फुकुओकामा रहेका सामाजिक संघसंस्थाद्वारा संयुक्त रुपमा आर्थिक सहयोग

Press Release- 2020-08-05

熊本地域の洪水被害者の窮状に鑑み、福岡を拠点とする社会組織、福岡ネパール協会、NRN九州、ネパール日本友好ライオンズクラブの共同イニシアチブで財政支援が行われました! 助けてくれたすべての人に感謝します!!

जापानको क्युस्यु क्षेत्रको कुमामोतो,खागोसिमा,ओइता,सागा ओमुता,कुरुमे लगाएत अन्य विभिन्न स्थानहरुमा २०२०-०७-४ तारिख बाट सुरुवात भएको अबिरल बर्षाका कारण धेरै जन धनको क्षती भएकोमा दुःखी व्यक्त गर्दछौं। यस विपत बाट मृत्यु भएकाहरु प्रति हार्दिक श्रदांजली व्यक्त गर्दछौँ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं। र यसदुःखद प्राकृतिक बिपत बाट छिट्टैनै छुटकारा मिलोस भनी भगवान संग प्रथना गर्दछौ।
फुकुओका मा अवस्थित लामो इतिहास बोकेको फुकुओका नेपाल सोसाइटी कार्यकारी समिति , एन आर एन ए क्युस्यु क्षेत्रिय समिति ,नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब को संयुक्त पहल मा आर्थिक संकलन गरी जापानमा बसोबास गर्ने नेपालीहरुको तर्फबाट एकमुष्ट २ लाख जापानिज येन हस्तांतरण गरिएको जानकारी गराउदछौं।
फुकुओका नेपाल सोसाइटिका अध्यक्ष शिव शर्मा ,एन आर एन ए क्युस्यु संयोजक देबराज उप्रेती ,नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबका अध्यक्ष सन्तोष थापा कुमामोतो प्रिफेक्चर अफिसमा गई उक्त प्रिफेक्चरका बिधान सभा सदस्य (Kengiikaigiin ) सिरोसिता हिरोसाकु ज्यु को समन्वयनमा कुमामोतो प्रिफेक्चर उप प्रमुख (Kumamoto ken no fukuchiji ) ताजिमा तोरु ज्युको अध्यक्षतामा आयोजित सहयोग हस्तातरण कार्यक्रम बीच सहयोग गरिएको छ। साथै उक्त कार्यक्रममा आम नेपाली तर्फबाट संकटको घडीमा दुख व्यक्त गर्दै भएको अन्तर संवाद ले नेपाल र जापान बीचको पारस्परिक सम्बन्धलाई प्रगाढ बनाएको महशुश भएको छ। सहयोग हस्तान्तरण व्यबस्थापन गर्न सहयोग गर्नुहुने फुकुओका नेपाल सोसाइटी का सह-कोषाध्यक्ष प्रेम दाहाल एवं जापानिज नागरिक आयोकी आरिखावा लगाएत सम्पूर्ण सहयोगी महानुभाबहरुलाई हार्दिक आभार व्यक्त गर्दछौ।

Facebook Comments

Leave a Reply