Funeso Events

फुकुओका नेपाल सोसाइटीको २७ औं अधिवेसन सम्पन्न

फुकुओका नेपाल सोसाइटीको २७ औं अधिवेसन सम्पन्न

फुकुओकाकै पुरानो संस्था फुकुओका नेपाल सोसाइटीको गौरवमय २७ औं अधिवेसन २०२३ जुलाई १७ तारीक सोमबारका दिन फुकुओकाको मिनामी सिमीन सेन्टरमा सम्पन्न भएको छ । १९९५ सालमा नेपालीहरुको हक हितका लागी सुरुवात गरीएको संस्था यहाँसम्म आइपुग्दा १ वर्षे कार्यकालमा निरन्तरता पाएको भएता पनि अगिल्लो अधिवेसनबाट विधान संसोधन गरी २ वर्षे कार्यकाल बनाइएको संस्थाका निवर्तमान अध्यक्ष माधव सिग्देलले बताउनु भयो ।


यसै अवसरमा २६ औं कार्यकालका उपाध्यक्ष जुझारु युवा इन्द्र प्रसाद घलेको अध्यक्षतामा २७ औं नयाँ कार्य समिति पनि गठन गरेको छ । उक्त कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रवि बस्नेत, उपाध्यक्षमा दिपक बिक, प्रेमराज दाहाल र अशोक सेडाइ, प्रवत्तामा कृष्ण राज भट्ट, सचिबमा उज्ज्वल बानियाँ, सह सचिबमा प्रदिप राई, कोषाध्यक्षमा भुवन कृष्ण घिमीरे, सह कोषाध्यक्षमा विसाल जिन्बा, सदस्यमा सन्देस राई, मनिसा रावल, शिव बिक, अमित भुसाल र मिशन केसी गरी १५ सदस्यीय कार्यसमिति निर्वीरोध चयन भएको छ । निर्वाचन समितिको संयोजकमा पुरुषोत्तम सिग्देल र सदस्यमा छत्र दाहाल र शिव शर्मा रहनु भएको थियो । फुनेसोको इतिहासमा सजिलै कार्यसमिति निर्विरोध गठन गर्न सहयोग गर्ने सम्पूर्णमा निर्वाचन समिति संयोजकले धन्यवाद दिनुभयो ।


उक्त अवसरमा प्रमुख अतिथीको रुपमा पाल्नु भएका फुकुओका नेपाल सोसाइटीका संस्थापक अध्यक्ष अरुण विस्टले आफुहरुले नेपालीहरुको सहयोगका लागी सुरुवात गरेको संस्था अहिले यो उचाइमा देख्न पाउदा एकदमै खुसी लागेको र आगामी दिनमा आफ्नो तर्फबाट सहयोग गर्नका लागी तत्पर रहेको कुरा बताउनु भयो ।

Facebook Comments

Leave a Reply