Uncategorized

फुनेसोको २४औं अधिवेशन मे २५ तारिक

फुकुओका नेपाल सोसाइटी (FUNESO )को २४औं अधिवेशन

फुनेसोको २४औं अधिवेशन मे २५ तारिक

फुनेसोको २४औं अधिवेशन मे २५ तारिक

फुकुओकाको सबैभन्दा पुरानो र सबैको संस्था फुकुओका नेपाल सोसाइटी (FUNESO )को २४औं अधिवेशन यही मे महिनाको २५ तारिक हुने भएको छ,यस भन्दा अगाढी अप्रिल महिनामै अधिवेशन सम्पन्न हुँदै आएतापनि गत बर्षबाट नेपाल फेस्टिवल लाइ असर नपरोस भनेर अधिवेशन पछाडी सारिएको हो,साथै आगामी बर्षमा पनि नेपाल फेस्टिवल र हकाता दोंताकु सकिएपछि फुकुओका नेपाल सोसाइटीको अधिवेशन गरिनेछ । यस बर्षको अधिवेशनका लागि बर्तमान अध्यक्ष नबिन अधिकारीको संयोजकत्वमा ३ सदस्यीय निर्बाचन कमिटी गठन गरिएको छ जसमा

संयोजक :नबिन अधिकारी (फुनेसो बर्तमान अध्यक्ष)

सदस्य :लक्ष्मण बानियाँ (संयोजक एन आर एनए क्युशु)

सदस्य :पुरुषोत्तम सिग्देल (फुनेसो निबर्तमान अध्यक्ष )

गत मे महिनाको ४ तारीक बसेको वर्तमान कार्यसमिति तथा सल्लाहकार ज्युहरुको संयुत्त बैठक बाट यस्तो निर्णय गरिएको हो । फुकुओका नेपाल सोसाइटीको अधिवेशनका लागि बर्तमान कार्यसमितिले निर्बाचन कमिटीलाई सम्पूर्ण जिम्मा दिएसँगै निर्बाचन कमिटीले निम्नानुसारको निर्णयहरु सार्बजनिक गरेको छ।

फुनेसो को आगामी २४औँ कार्यसमितीका लागी निम्न अनुसारको पद रहनेछन ।

१. अध्यक्ष १ जना
२. बरिष्ठ उपाध्यक्ष १ जना
३. उपाध्यक्ष २ जना
४. प्रवत्ता:-१ जना
५.सचिब १ जना
६.सहसचिब १ जना
७.कोषाध्यक्ष १ जना
८. सह-कोषाध्यक्ष १ जना
९.सदस्य ६ जना

भाइटल पदको हकमा: संस्थामा एक कार्यकाल सदस्य पदमा रही सक्रियता पुर्बक काम गरेको हुनुपर्नेछ ।
सदस्यको हकमा : संस्थामा लगेर समय दिन सक्ने र संस्थाले गरेका हरेक कार्यक्रम तथा काममा सहभागी हुन सक्ने ब्यत्ति हुनुपर्नेछ ।

उमेद्वारी दर्ता सम्बन्धमा :
मे १० तारिक देखि मे 20 तारिक सम्म निर्बाचन कमिटीका सदस्य जो कोहीलाई निबेदन र उमेद्वारी दर्ता शुल्क बुझाएको रसित सहित आफुले दिन चाहेको पदमा उमेद्वारी दिन सकिनेछ ।

उमेद्वारी शुल्क
अध्यक्ष :-२५,००० यन
बरिष्ठ उपाध्यक्ष :-२०,००० यन
उपाध्यक्ष :-१५,००० यन
प्रवत्ता:१०,००० यन
सचिब:-१०,००० यन
सहसचिब:-५,००० यन
कोषाध्यक्ष:-५,००० यन
सहकोषाध्यक्ष:-३,००० यन
सदस्य:२००० यन

उमेद्वारी फिर्ता सम्बन्धमा
मे २० तारिक देखि मे २४ तारिक साँझ ५ बजेसम्म, यदी आफुले दिएको उमेद्वारी फिर्ता लिन चाहेमा फिर्ता लिने सकिनेछ, मे २४ तारिक साँझ ५ बजे पछाडी उमेद्वारी फिर्ता लिन चाहे पनि उमेद्वारी शुल्क भने फिर्ता हुनेछैन ।
सहमति सम्बन्धमा:-
सकेसम्म सबै पदहरु सहमतिको आधारमा टुंगो लगाइनेछ यदी नमिल्ने अवस्था आएमा निर्बाचन कमिटीले आफ्नो निर्णय अनुसार टुंगो लगाउनेछ (निर्बाचनमा पनि जान सकिनेछ) ।

उमेद्वारी दर्ता शुल्क सम्बन्धमा:-
उमेद्वार दिने व्यत्तिले फुनेसोको खातामा आफ्नै नामबाट फुरीकोमी गर्नुपर्नेछ।
जसका लागि बैंक खाता निम्न अनुसार रहेकोछ ।

JP Post Bank
Account Name:福岡ネパールソサエティ
Account no: 17450-54701731

Facebook Comments

Leave a Reply