फुकुओका नेपाल सोसाइटी (FUNESO) द्वारा वरिष्ठ उपाध्यक्ष अशोक सेढाई ज्यूको संयोजकत्वमा आयोजित ५ औँ स्युस्योकु सेमिनार (Job Fair) २०२६ सफलतापूर्वक सम्पन्न भएको छ।
जापानका विभिन्न विश्वविद्यालय (大学) तथा विशेषज्ञ विद्यालय (専門学校) मा अध्ययनरत करिब ११७ जना नेपाली विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको यस कार्यक्रममा प्रतिष्ठित कम्पनीहरूका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया, कम्पनी परिचय, रोजगारीका अवसर, कार्यक्षेत्र तथा भविष्यका करियर सम्भावनाबारे महत्वपूर्ण जानकारी आदान–प्रदान गरिएको थियो।
विद्यार्थी र कम्पनीबीच प्रभावकारी समन्वय गर्दै नेपाली विद्यार्थीहरूको करियर विकासमा योगदान पुर्याउने उद्देश्यले आयोजित यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सहभागी कम्पनीहरू, कम्पनी प्रतिनिधिहरू, विद्यार्थीहरू, स्वयंसेवकहरू तथा सम्पूर्ण सहयोगी महानुभावहरूप्रति फुकुओका नेपाल सोसाइटी हार्दिक आभार व्यक्त गर्दछ।
FUNESO आगामी दिनहरूमा पनि जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरूको शैक्षिक, व्यावसायिक तथा करियर विकासका लागि यस्ता प्रभावकारी कार्यक्रमहरू निरन्तर आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछ।
जय नेपाल
जय फुनेसो
Event Gallery














