२८ औँ कार्यसमिति, Funeso Events

तेस्रो साधारण सभा सफलतापूर्वक सम्पन्न

तेस्रो साधारण सभा सफलतापूर्वक सम्पन्न

२०२६ जुलाई १२ (आइतबार) का दिन सम्पन्न भएको फुकुओका नेपाल सोसाइटी (FUNESO) को गौरवमय तेस्रो साधारण सभा सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौं।

कार्यक्रममा प्रमुख अतिथि, पूर्व अध्यक्षज्यूहरू, सल्लाहकारज्यूहरू, मानार्थ तथा आजीवन सदस्यज्यूहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिज्यूहरू, स्वयंसेवक साथीहरू, समाजसेवी व्यक्तित्वहरू तथा भौतिक एवं अनलाइन माध्यमबाट सहभागी सम्पूर्ण महानुभावहरूको सक्रिय उपस्थितिले कार्यक्रमलाई अझ गरिमामय र सफल बनाएको थियो।

कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग, सहभागिता र सुझाव प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति फुकुओका नेपाल सोसाइटी हार्दिक आभार व्यक्त गर्दछौं। साधारण सभाबाट प्राप्त सुझाव र निर्णयहरूलाई आगामी दिनमा प्रभावकारी रूपमा कार्यान्वयन गर्दै संस्थालाई अझ सशक्त, पारदर्शी र सेवामुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दछौं।

सबैमा हार्दिक धन्यवाद।

जय फुनेसो (FUNESO)

Photo Gallery

Facebook Comments

Leave a Reply