All posts by

admin

View Profile

Uncategorized add comment

तेस्रो साधारण सभा 2026-7-12

जापानको क्युस्यु क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको सबैभन्दा पुरानो संस्था फुकुओका नेपाल सोसाइटीको तेस्रो साधारण सभा निम्न मिति, समय र स्थानमा आयोजना गर्न लागिएकाले सम्पूर्ण समाजसेवी, मान्यजन दाजुभाई तथा दिदीबहिनीहरुमा सहभागी भई कार्यक्रमको शोभा बढाई दिनुहुन हार्दिक अनुरोध गर्दछौं मिति : 2026 -07 -12 (आइतबार)स्थान :南市民センター〒815-0032 福岡県福岡市南区塩原2丁目8−2समय: १२:३० देखि १६:३० सम्म फुकुओका नेपाल सोसाइटी परिवार

Uncategorized add comment

📢 [सूचना] ५ औँ स्युस्योकु सेमिनार (Job Fair 2026)

जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरूका लागि फुकुओका नेपाल सोसाइटी (FUNESO) द्वारा “५ औँ स्युस्योकु सेमिनार” आयोजना हुन गइरहेको छ। प्रतिष्ठित १२ कम्पनीका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गरी रोजगारीको अवसर प्राप्त गर्ने यो सुनौलो मौका नछुटाउनुहोस्। 📌 मुख्य विवरण:मिति: २०२६ जुलाई १६ (बिहीबार)समय: १४:०० – १८:०० ( 学生受付 १३:३० देखि)स्थान: हाकाता सिभिक सेन्टर, फुकुओका (博多市民センター)सहभागिता शुल्क: निःशुल्क (Free)लक्षित…

देउसी–भैलो सहयोगबाट नेपालका अनाथ आश्रममा स्वास्थ्य शिविर तथा भोजन कार्यक्रम सम्पन्न
Funeso Events add comment

देउसी–भैलो सहयोगबाट नेपालका अनाथ आश्रममा स्वास्थ्य शिविर तथा भोजन कार्यक्रम सम्पन्न

फुकुओका नेपाल सोसाइटीको आयोजनामा २०२५ को देउसी–भैलो कार्यक्रमबाट संकलित रकमको सदुपयोग गर्दै नेपालको अनाथ आश्रममा रहेका बालबालिकाहरूका लागि एक विशेष परोपकारी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको सहर्ष जानकारी गराउन चाहन्छौँ। मार्च १८ का दिन आयोजित उक्त कार्यक्रममा बालबालिकाहरूको निःशुल्क स्वास्थ्य तथा दन्त परीक्षण गरिनुका साथै उनीहरूलाई भोजन समेत गराइएको थियो। यो पुण्य कार्यलाई नेपालमा रहेर प्रत्यक्ष…

“हाकाता दोन्ताकु मिनातो ओमाचुरी २०२६” कार्यक्रम भब्यताको साथ सम्पन्न
Funeso Events add comment

“हाकाता दोन्ताकु मिनातो ओमाचुरी २०२६” कार्यक्रम भब्यताको साथ सम्पन्न

हरेक वर्ष सहभागी जनाउदै आयको “हाकाता दोन्ताकु मिनातो ओमाचुरी २०२६” मा पनि नेपाललाई प्रतिनिधित्व गर्दै फुकुओका नेपाल सोसाइटीको आयोजनामा मे ३ तारिख को दिन निकालिएको नेपालीहरूको परेड कार्यक्रम अत्यन्तै उत्साहका साथ भव्य रूपमा सम्पन्न भएको थियो। प्रतिकूल मौसम र निरन्तरको झरीलाई प्रवाह नगरी आफ्नो व्यस्त समयबाट फुर्सद निकाली परेडमा सहभागी हुनुभएका सम्पूर्ण महानुभावहरूमा हामी हार्दिक…

बुद्ध जयन्तीको कार्यक्रम भव्य रूपमा सम्पन्न ।
Funeso Events add comment

बुद्ध जयन्तीको कार्यक्रम भव्य रूपमा सम्पन्न ।

फुकुओकाको सासागुरीमा अवस्थित नान्जोइन मन्दिरमा यस वर्ष बुद्ध जयन्तीको कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा सहभागी हुनुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं। साथै, आगामी वर्ष अझ व्यवस्थित र पूर्व तयारीका साथ विशेष पूजा–पाठ सहित कार्यक्रम आयोजना गरिने जानकारी गराइन्छ।

फुनेसो २४औँ कार्यसमिती
२४औँ कार्यसमिती add comment

फुनेसो २४औँ कार्यसमिती

फुकुओका नेपाल सोसाइटीको २४औँ अधिवेशन सम्पन्न भएको छ,२४औँ कार्यकालका लागि सबै पदहरुमा सर्बसम्मत निर्बाचित हुनुहुने सम्पूर्ण पदाधिकारी ज्यूहरुलाई हार्दिक बधाईका साथै सफल र आकर्षक कार्यकालको शुभकामना । २४औँ कार्यसमिती निम्न अनुसार रहेको छ । १. अध्यक्ष :-योगेश कार्की २. बरिष्ठ उपाध्यक्ष :-माधब सिग्देल ३. उपाध्यक्ष :-शिब शर्मा ४. उपाध्यक्ष :-ललिता तामाङ्ग ५. प्रबत्ता :-सुजन के.सी…

Uncategorized add comment

फुनेसोको २४औं अधिवेशन मे २५ तारिक

फुनेसोको २४औं अधिवेशन मे २५ तारिक फुकुओकाको सबैभन्दा पुरानो र सबैको संस्था फुकुओका नेपाल सोसाइटी (FUNESO )को २४औं अधिवेशन यही मे महिनाको २५ तारिक हुने भएको छ,यस भन्दा अगाढी अप्रिल महिनामै अधिवेशन सम्पन्न हुँदै आएतापनि गत बर्षबाट नेपाल फेस्टिवल लाइ असर नपरोस भनेर अधिवेशन पछाडी सारिएको हो,साथै आगामी बर्षमा पनि नेपाल फेस्टिवल र हकाता दोंताकु…

फुकुओका नेपाल सोसाइटीको आयोजनामा विशेष अन्तरक्रिया कार्यक्रम
Funeso Events, Uncategorized add comment

फुकुओका नेपाल सोसाइटीको आयोजनामा विशेष अन्तरक्रिया कार्यक्रम

विशेष अन्तरक्रिया कार्यक्रम निगम हुमागाइको साथमा, नागरिक समुहका अध्यक्ष निगम हुमागाई ज्यू नागरिक समुहको अभियानको क्रममा “माटोले बोल्दैन आफै बोल्नु पर्छ” भन्ने मूल मन्त्र बोकेर बिश्वको २४ राष्टमा पुगिसक्नु भएको छ, यहि अभियानको क्रममा जापान पनी आइपुग्नु भएको र जापानको टोकियोमा २ ओटा कार्यक्रम सकेर फुकुओकामा पनि आउँदै हुनुहुन्छ,यस लगत्तै ओसाका नागोया र हिरोसिमामा पनी…

फुनेसोको २३औं अधिवेशन मे १३ तारिक
Funeso Events add comment

फुनेसोको २३औं अधिवेशन मे १३ तारिक

फुनेसोको २३औं अधिवेशन मे १३ तारिक फुनेसोको २३औं अधिवेशन मे १३ तारिक फुकुओकाको सबैभन्दा पुरानो र सबैको संस्था फुकुओका नेपाल सोसाइटी (FUNESO )को २३औं अधिवेशन यही मे महिनाको १३ तारिक हुने भएको छ,यस भन्दा अगाढी अप्रिल महिनामै अधिवेशन सम्पन्न हुँदै आएतापनि यस बर्ष नेपाल फेस्टिवल लाइ असर नपरोस भनेर अधिवेशन पछाडी सारिएको हो,साथै आगामी बर्षमा…

हाकाता दोंताकु भोलि मे ३ तारिक
Funeso Events add comment

हाकाता दोंताकु भोलि मे ३ तारिक

हाकाता दोंताकु भोलि मे ३ तारिक हाकाताको लामो इतिहाँस बोकेको पर्ब हाकाता दोंताकु यही मे महिनाको ३ र ४ तारिक हुँदैछ,विगत ५ बर्ष देखि फुकुओका नेपाल सोसाइटी पनी हरेक बर्ष नेपालको प्रतिनिधित्त्व गर्दै सहभागी हुँदै आएको र यस बर्ष पनि ३ तारिक हाम्रो पालो परेको हुँदा सबै फुकुओकाबासी नेपालि दाजुभाइ दिदीबहिनीहरुलाई नेपालिपन झल्किने पहिरन सहित…

  • 1
  • 2