२८ औँ कार्यसमिति, Funeso Events

फुकुओका नेपाल सोसाइटीको आयोजनामा तीज धमाका २०२६ (𝑻𝑬𝑬𝑱 𝑫𝑯𝑨𝑴𝑨𝑲𝑨 2026) हुदै

फुकुओका नेपाल सोसाइटीको आयोजनामा तीज धमाका २०२६                   (𝑻𝑬𝑬𝑱 𝑫𝑯𝑨𝑴𝑨𝑲𝑨 2026) हुदै

नेपाली संगीत जगतकी चर्चित तथा तपाईंहरूकै रोजाइकी लोकप्रिय गायिका (𝑺𝑯𝑨𝑵𝑻𝑰𝑺𝑯𝑹𝑬𝑬 𝑷𝑨𝑹𝑰𝒀𝑨𝑹)शान्तिश्री परियार को विशेष सांगीतिक प्रस्तुति सहित भव्य तीज धमाका कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौं।
🎶 दर खाने, नाचगान गर्ने, रमाइलो गर्ने र नेपाली कला, संस्कृति तथा तीज पर्वलाई सामूहिक रूपमा उल्लासपूर्वक मनाउने सुनौलो अवसर आएको छ।
📅 मिति: २०२६ सेप्टेम्बर १२ (शनिबार)
🕔 समय: साँझ ५:०० बजे – ९:३० बजे
🍽️ दर खाने कार्यक्रम: दिउँसो ३:०० बजे – ५:०० बजे
🎫 अग्रिम टिकट बुकिङ खुला छ।
⚠️ दर सहितको टिकट सेप्टेम्बर ६ सम्म अग्रिम बुकिङ गर्नेहरूका लागि मात्र उपलब्ध हुनेछ।
📞 थप जानकारीका लागि पोस्टरमा उल्लेखित सम्पर्क नम्बर वा QR Code मार्फत सम्पर्क गर्नुहोस्।
🌺 सबैले आफ्नो समय मिलाई परिवार, साथीभाइ तथा आफन्तसँग उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं। तपाईंहरूको उत्साहपूर्ण उपस्थितिले कार्यक्रमलाई अझ भव्य र अविस्मरणीय बनाउनेछ भन्ने विश्वासका साथ (𝑭𝑼𝑵𝑬𝑺𝑶) परिवार आशावादी एवं विश्वस्त छौं।
🙏 आउनुहोस्, नेपाली कला, संस्कृति र तीज पर्वलाई भव्य रूपमा मनाऔं।
तपाईंको उपस्थितिले कार्यक्रमलाई अझ विशेष बनाउनेछ।

जापानभर शान्तिश्री परियारसँग तीज विशेष सांगीतिक यात्रा २०२६

लोकप्रिय गायिका शान्तिश्री परियार को विशेष उपस्थितिसहित जापानका विभिन्न शहरहरूमा तीज विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुँदैछन्।

📍 कार्यक्रमका स्थान तथा मितिहरू

🌸 होक्काइदो — सेप्टेम्बर ७

🌸 गिफु — सेप्टेम्बर ८

🌸 टोकियो — सेप्टेम्बर १०

🌸 कुमामोतो — सेप्टेम्बर ११

🌸 फुकुओका (FUNESO आयोजना) — सेप्टेम्बर १२

🌸 ओइता — सेप्टेम्बर १३

🌸 किताक्युशु — सेप्टेम्बर १४

जय नेपाल
जय फुनेसो

Facebook Comments

Leave a Reply