Funeso Events

“हाकाता दोन्ताकु मिनातो ओमाचुरी २०२६” कार्यक्रम भब्यताको साथ सम्पन्न

“हाकाता दोन्ताकु मिनातो ओमाचुरी २०२६” कार्यक्रम भब्यताको साथ सम्पन्न

हरेक वर्ष सहभागी जनाउदै आयको “हाकाता दोन्ताकु मिनातो ओमाचुरी २०२६” मा पनि नेपाललाई प्रतिनिधित्व गर्दै फुकुओका नेपाल सोसाइटीको आयोजनामा मे ३ तारिख को दिन निकालिएको नेपालीहरूको परेड कार्यक्रम अत्यन्तै उत्साहका साथ भव्य रूपमा सम्पन्न भएको थियो।

प्रतिकूल मौसम र निरन्तरको झरीलाई प्रवाह नगरी आफ्नो व्यस्त समयबाट फुर्सद निकाली परेडमा सहभागी हुनुभएका सम्पूर्ण महानुभावहरूमा हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ। यहाँहरूको उत्साहजनक उपस्थितिले जापानको प्रतिष्ठित मञ्चमा नेपाली कला, परम्परागत भेषभूषा र नेपालको पर्यटन प्रवर्द्धनमा अतुलनीय योगदान पुगेको बिस्वास लिएका छौ ।

यस कार्यक्रमलाई सफल बनाऊँन सक्रिय सहभागिता जनाउनुहुने, नेपाल आदिवासी जनजाति महासंघ क्यूशु , किरात राई यायोक्खा क्यूशु, नेवा समाज क्यूशु, नेपाली पञ्चे बाजा टोली,

साथै, यस कार्यक्रमलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने स्वयंसेवक तथा सहयोगीहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छौँ।

Facebook Comments

Leave a Reply