फुकुओका नेपाल सोसाइटीको आयोजनामा २०२५ को देउसी–भैलो कार्यक्रमबाट संकलित रकमको सदुपयोग गर्दै नेपालको अनाथ आश्रममा रहेका बालबालिकाहरूका लागि एक विशेष परोपकारी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको सहर्ष जानकारी गराउन चाहन्छौँ। मार्च १८ का दिन आयोजित उक्त कार्यक्रममा बालबालिकाहरूको निःशुल्क स्वास्थ्य तथा दन्त परीक्षण गरिनुका साथै उनीहरूलाई भोजन समेत गराइएको थियो। यो पुण्य कार्यलाई नेपालमा रहेर प्रत्यक्ष रूपमा व्यवस्थापन र समन्वय गरी सफल बनाउन विशेष भूमिका खेल्नुहुने आदरणीय उमेश बोहराज्यू र तारा पौडेल ज्यू प्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दै विशेष धन्यवाद ज्ञापन गर्दछौँ। साथै, देउसी–भैलो कार्यक्रम मार्फत आर्थिक सहयोग उपलब्ध गराई यस सामाजिक अभियानमा जोडिनुहुने सम्पूर्ण चन्दादाता, स्वयंसेवक र शुभेच्छुक महानुभावहरूमा समेत हृदयदेखि आभार प्रकट गर्दछौँ। तपाईंहरूको सानो सहयोगले अनाथ बालबालिकाहरूको मुहारमा मुस्कान ल्याउनुका साथै उनीहरूको स्वास्थ्यमा ठूलो टेवा पुगेको छ। आगामी दिनहरूमा पनि यहाँहरूको यस्तै साथ र सहयोगको निरन्तर अपेक्षा राख्दछौँ।
धन्यवाद।
कार्यक्रमको फोटोहरु



