Nepal Festival Fukuoka

नेपाल चिनाउने अभियानमा नेपाल फेस्टिबल फुकुओका

नेपाल चिनाउने अभियानमा नेपाल फेस्टिबल फुकुओका

नेपाल चिनाउने अभियानमा नेपाल फेस्टिबल फुकुओका,

nepalfestival-fukuoka

सम्पूर्ण जापानबासी नेपाली बुवा,आमा,दाजुभाइ-दिदी बहिनीहरुमा नमस्कार

यही आउँदो अप्रिल १४ र १५, २०१८ मा नेपाल फेस्टिबल फुकुओका आयोजना हुन गइरहेको छ,यो कुनै जाति,क्षेत्र,संस्था आदिको नभईकन हामी सम्पूर्ण नेपालीको साझा पर्ब हो,यसमा हामि सबैको उत्तिकै महत्त्वपूर्ण भूमिका र जिम्मेवारी पनि छ ।
विगत 7 बर्ष देखि उही ठाउं अनि उही समयमा आयोजना हुँदै आएको बैसाखी मेला यो बर्षबाट नेपाल फेस्टिबल फुकुओकाको नामबाट आयोजना हुन गइरहेको हो,बैसाखी मेला नेपाल फेस्टिबल सम्म आइपुग्दा सम्म महत्त्वपूर्ण योगदान गर्नुहुने सम्पूर्ण अग्रज तथा साथीहरु प्रति मेरो सँधै श्रद्धा अनि सम्मान रहिरहनेछ।
हामी सबैको समान सहयोग र समर्थन विना यो फेस्टिबल नेपाल फेस्टिबल जस्तो बनाउन सकिंदैन,नेपाल फेस्टिबल बर्षको एक दिन सबैको आफ्नै पर्ब बनोस,यसमा सबै जाति,धर्म र क्षेत्रको समान प्रतिनिधित्त्व रहोस यहिनै हामी सबैको चाहाना हो ।
बैसाखी मेला बाट पहिलो चोटी नेपाल फेस्टिबल आयोजना गर्न गइरहेका छौं,हामीले निरन्तरता दिनुपर्ने,परिबर्तन गर्नुपर्ने धेरै कुराहरु छन् त्यसकारण हामी माझ चुनौती पनि छ साथै उत्साह पनि उत्तिकै छ ।
नेपाल फेस्टिबलको नाम आउने वित्तिकै हामी प्रत्यक्ष नेपाल संग जोडिएका छौं यसमा जापान स्थित नेपाली राजदुताबासको पनि साथ र सहयोग रहने कुरा जानकारीमा आएको छ,यसैगरी नेपाल फेस्टिबल कसरी शभ्य र भब्य बनाउन सकिन्छ सबैले आ-आफ्नो ठाउंबाट महत्त्वपूर्ण भूमिका निर्बाह गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।
नेपाल फेस्टिबल हामीले हामी नेपालीका लागि भन्दा पनि विदेशीका लागि नेपाल चिनाउने महत्त्वपूर्ण पर्ब हो भन्ने बुझ्यौं भने यो निकै प्रभावकारी हुनेछ,यसका लागि सबैले आ-आफ्नो ठाउंबाट चिनेका जापानिजहरुलाई नेपाल फेस्टिबलको निम्तो दिन नभुलौं र फेस्टिबलमा हुने गतिविधिका बारेमा भन्न नभुलौं ।
कति नेपाली दाजुभाई दिदीबहिनीहरु फुकुओका छोडेर टोकियो,नागोया लगायतका शहरहरुमा जानुभएकोछ उहाँहरुलाई पनि दशैंमा घर फर्के जस्तै नेपाल फेस्टिबलमा जापानमा आँफु पहिले आएको ठाउं अझ भन्नु पर्दा दोस्रो जन्मथलोमा नेपाल फेस्टिबल मनाउन आउनुहोला भन्ने अनुरोध गर्न चाहान्छु,साथै सम्पूर्ण जापानमा रहनुभएका नेपाली बुवा आमा दाजुभाइ दिदीबहिनीहरु लाइ पनि आँफुलाई मन पर्ने मान्छे बस्ने पल्लो गाउँको मेला हेर्न गए जस्तै नेपाल फेस्टिबल फुकुओकामा आउनुहुन पनि विनम्र अनुरोध गर्दछु ।
नेपाल फेस्टिबल पूर्ण रुपमा नेपाल चिनाउने पर्ब भएको हुँदा यो सफल पार्नको लागि सहयोगी दाताहरुको महत्त्वपूर्ण भूमिका रहन्छ त्यसैले सम्पूर्ण जापानबासी ब्यबसायी,समाजसेवी तथा दाताहरुमा स्टल राखेर अथवा आर्थिक सहयोग मार्फत पनि सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु ।

पहिले नेपाल अनि बल्ल हामी नेपाली
नेपाल चिनाउने अभियानमा नेपाल फेस्टिबल

पुरुषोत्तम सिग्देल
संयोजक नेपाल फेस्टिबल फुकुओका

Facebook Comments

Leave a Reply