२८ औँ कार्यसमिति

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

फुकुओकामा स्व. लक्ष्मी राजवंशीको दुःखद निधनप्रति हार्दिक श्रद्धाञ्जली तथा ध्यानाकर्षण।
नेपालको झापा घर भई हाल जापानको फुकुओकामा बसोबास गर्दै आएकी तथा फुकुओकास्थित सेनमोन गाक्कोउमा अध्ययनरत २५ वर्षीया स्व. लक्ष्मी राजवंशीको दुःखद निधन भएको घटनाप्रति फुकुओका नेपाल सोसाइटी परिवार गहिरो दुःख व्यक्त गर्दछौ ।
यस अकल्पनीय दुःखद घडीमा दिवंगत लक्ष्मी राजवंशीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति फुकुओका नेपाल सोसाइटी हार्दिक समवेदना प्रकट गर्दछौ ।
उक्त घटनाका सम्बन्धमा फुकुओका नेपाल सोसाइटीले सम्बन्धित फुकुओका प्रहरी निकायसँग आवश्यक समन्वय तथा सहकार्य गर्दै घटनाको वास्तविक तथ्य पत्ता लगाउने र छानबिन प्रक्रियालाई अगाडि बढाउन सहयोग गरिरहेको जानकारी गराउँदछौँ । घटनाको वास्तविक कारण तथा सम्पूर्ण विवरण सम्बन्धित निकायको आधिकारिक छानबिनपछि मात्र स्पष्ट हुने भएकाले हाल कुनै पनि निष्कर्षमा पुग्नु उचित नहुने हाम्रो स्पष्ट धारणा रहेको छ ।
साथै, पछिल्लो समय यस घटनासम्बन्धी विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक भइरहेको जानकारिहरू प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्तो अत्यन्तै संवेदनशील विषयमा आधिकारिक तथा यथार्थ जानकारी प्राप्त नगरी अनुमान, अपुष्ट सूचना वा अपूर्ण विवरणका आधारमा भीडीयो , समाचार तयार गरी प्रसार–प्रसार नगर्नुहुन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछौ ।
अपुष्ट र भ्रामक जानकारिकले शोकमा परेका परिवारजन तथा सम्बन्धित व्यक्तिहरूको भावनामा गहिरो चोट पुग्न सक्ने भएकाले सबैलाई उच्च संवेदनशीलता, संयमता र जिम्मेवारीपूर्वक प्रस्तुत हुन आग्रह गर्दछौ ।
घटनाको सत्यतथ्य पत्ता लगाउन भइरहेको छानबिनमा सहयोग गर्दै, आधिकारिक निकायबाट प्रामाणिक जानकारी प्राप्त भएपछि मात्र यस विषयमा थप विवरण सार्वजनिक हुनेछ ।

फुकुओका नेपाल सोसाइटी परिवार

Facebook Comments

Leave a Reply