२४औँ कार्यसमिती

पहिलो बैठक बाट पारित भएका निर्णयहरु

पहिलो  बैठक बाट पारित भएका निर्णयहरु

सन् १९९५ मा स्थापना भएको फुकुओका नेपाल सोसाइटीको २४ औ कार्य समितीको पहिलो बैठक बाट अध्यक्ष योगेश कार्की को संयोजकत्व र भूतपूर्व अध्यक्षहरु तथा समाजसेवीहरुको सल्लाहमा निम्न निर्णय भएका छन।

१- फुनेसोको नियमित बैठक प्रत्येक महिनाको पहिलो सनिबार गर्ने ।
२- कार्यसमिति सदस्य मा रबि बस्नेत मनोनित र इच्छुक महानुभाब मध्ये १ जना सदस्य थप गर्ने । 
३- कार्यसमिति पदाधिकारीहरु बाट १ वर्ष भित्र मा प्रत्येक सदस्यबाट २००० यन उठाउने । 
४- २४ औ कार्यसमिति को कार्य योजना अध्यक्ष मार्फत प्रस्तुत 
* हरितालिका तीज (सांगीतिक कार्यक्रम) गर्ने 
* तिहार कार्यक्रम (देउसी भैलो कार्यक्रम )गर्ने 
* हाकाता दोंताकुमा तिब्र तयारीका साथ सहभागिता हुने 
*२४ सै घण्टा सेवा प्रदान गर्ने (कुनै बेला आपत पर्दा सहयोग गर्ने उद्देस्य सहित )
* जापानको फ़ुकुओकामा केन भित्र मन्दिर बनाउने ।

Facebook Comments

Leave a Reply