२७ औं कार्यसमिति अध्यक्ष :- इन्द्र प्रसाद घले
नेपाल फेस्टिबल फुकुओका २०१८
Welcome to FUNESO Join us! Become a Member of FUNESO Today!
Celebrate Festivals! Lets celebrate together our festival in Fukuoka!
Participating Hakata Dontaku 2023
२०१८ सालको हाकाता दोनताकुमा सहभागी हुदा
२०१८ सालको हाकाता दोनताकुमा सहभागी हुदा
२६ औं कार्यसमिति
२६ औं कार्यसमिति

Message from President (Year 2023-25)

नमस्कार
इन्द्र प्रसाद घले फुकुओका नेपाल सोसाइटीको २७ औ अधिवेसनबाट निर्वाचित अध्यक्ष ।
मेरो जन्म २०४९ साल बैसाख ५ गतेका दिन बुवा नर बहादुर घले र आमा सनमाया घलेको कोखबाट लमजुङ्ग जिल्ला साबिक ढोडेनी गा.वी.समा भएको थियो । आफ्नो आधारभुत शिक्षा गाँउमै पुरा गरी कक्षा १२ सम्मको पढाइ भने चितवनको भरतपुरमा रहेको सप्त गण्डकी मल्टीपल क्याम्पसबाट गरेको थिए । त्यस पश्चातको उच्च शिक्षाका लागी २०१२ अप्रिल इन्टेकमा जापानको फुकुओकामा आएको थिए ।
जापान आए पश्चात २ वर्ष भाषा विध्यालय र २ वर्ष भोकेसनल विध्यालयको पढाइ सम्पन्न गरे पश्चात एक विदेशि विध्यार्थीहरुलाई पार्ट टाइम काम लगाउने कम्पनीमा करीब ८ वर्ष देखी निरन्तर कर्मचारीको रुपमा काम गरीरहेको छु । नेपालमा हुदाँखेरी नै विभीन्न कल्बहरुको सदस्यता लिएर सामाजीक कार्यमा सक्रिय भै रहेको म जापान आए पश्चात २०१६ बाट फुकुओकामा स्थापीत श्री गणेश खुकुरी एफसीको म्यानेजर र २०१९ बाट फुकुओका नेपाल सोसाइटीको सदस्यबाट सामाजीक कार्यमा पुन सक्रिय भएको थिए ।
फुनेसो संगसगै तमुधि क्युस्युको संस्थापक सदस्य, आदिवासी जनजाती महासँघ क्युस्युको सह सचिवको जिम्मेवारीमा रहेको थिए । फुनेसोको २०१९–२० कार्यकालको सदस्य, २०२०–२१ सह सचिब, २०२१–२३ को उपाध्यक्ष र गौरवमय २७ औं अधिवेसनबाट अध्यक्ष पदमा निर्वीरोध निर्वाचित भएको छु । यस कार्यकालका लागी निर्वीरोध बनाउन सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
१९९५ सालमा स्थापना भएको यस गौरवमय संस्थालाई यहाँसम्म ल्याउन सहयोग गर्नुहुने संस्थापक ज्यूहरु, विभीन्न समयका पुर्व अध्यक्ष तथा अन्य पदाधिकारी ज्यूहरु, अन्य सरोकारवाला निकायहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु । साथै आगामी दिनमा पनि यहाँहरुले सुरुवात गर्नुभएका सम्पुर्ण राम्रा कामहरुलाई निरन्तरता दिदै आगामी दिनमा पनि संस्थाको मुल्य, मान्यता र प्रतिष्ठामा आंच आउन नदिन म लगाएत मेरो सम्पुर्ण कार्य समिति प्रतिवद्ध रहेको जानकारी गराउन चाहान्छु ।

  फुकुओकामा विभीन्न पेसामा प्रवेश गरेका सम्पुर्ण नेपालीहरुलाई जापानको जिवनयापनमा के कसरी अगाडी बढन सकिन्छ भन्ने कुराहरु सिकाउदै जाने र सुख दुखमा अभिभावकको रुपमा फुनेसोलाई परिचित गराउने योजनाका साथ अगाडी  लैजाने छु । साथै नेपालीहरुको महान पर्वहरुलाई रमाइलोका साथ मनाउदै नेपाल र नेपालीहरुको पहिचानमा रहेका कुराहरुको जापानमा प्रचार प्रसार गरी आगामी दिनमा नेपालमा जापानिज पर्यटक भित्राउनका लागी संस्थाको तर्फबाट पहल कदमि भुमिका निर्वाह गर्न सहकार्य गर्ने छौ ।
संस्थामा आवद्ध रहेर सामाजीक कार्य गर्दै सुरुवाती चरणबाट हालसम्म संस्थामा लागेर केही आर्जन गर्दछु भन्ने भन्दा पनि बचेको समयमा विभीन्न सामाजीक कार्य गरी आफुले जानेको कुराहरु आउने नयाँ पुस्तालाई सिकाउन र समाज परिवर्तनमा मुख्य भुमिकाका साथ लाग्ने प्रतिवद्धता गर्दछु ।

जय फुनेसो

Message from President (Year 2021-23)

अध्यक्ष माधव सिग्देल 

नमस्कार !

म माधव सिग्देल, नेपालको तनहुँ जिल्ला, भिमाद नगरपालिका १ किहुँ -वारिकोटमा मेरो जन्म भएको हो ।

२०१३ सालको अप्रिल महिनामा जापानको शहर फुकुओकामा प्रवेश गरेको हुँ, जापानमा आफ्नो ४ बर्ष अध्ययन पछि एक कम्पनिमा निरन्तर कार्यरत छु ।

जापान प्रवेश को दोस्रो दिन बाटनै म यस फुकुओका नेपाल सोसाईटीले गरेको कार्यक्रम नेपालीहरुको नयाँ बर्ष "बैशाखी मेला" मा आफ्नो सांगीतिक प्रस्तुति संगै म नजिक हुने अवसर मिल्यो जुन अवसर सोसाईटीकै पुर्ब अध्यक्ष श्री पुरुषोत्तम सिग्देल ज्युले प्रदान गर्नु भएको थियो, म उहा प्रति हार्दिक सम्मान प्रकट गर्दछु। फुकुओका नेपाल सोसाईटी भन्ने शब्दले जापानको फुकुओका र नेपालको बिचको सम्बन्ध र संस्कार बोलेको छ, फुकुओकाबासी नेपालीहरुको हक र हितका लागि बिगत १९९५ मा स्थापना भइ २०२१ सम्म आइपुग्दा २६औँ कार्यकाल पुगेको छ, म सम्पूर्ण अग्रजहरुलाई नमन गर्न चाहन्छु, जसको त्याग र संकल्पले गर्दा आज फुकुओका नेपाल सोसाइटी यहाँ सम्म पुग्न्न सफल भएको छ ।

हाल सम्म आ-आफ़्नो योगदानले सजाएर फुकुओका नेपाल सोसाईटीलाई सबै थरिका फूलहरु अट्ने साझा फुलबारी बनाइदिनुभएको छ । म सम्झन चाहान्छु पूर्व अध्यक्षहरु सुबोध श्रेष्ठ, सन्तोष पौडेल, हरि पाहारी, छत्र दाहाल, बद्रि पौडेल, रामकृष्ण श्रेष्ठ, दिपक देबकोटा, सुन्दरमणि रेग्मी, लक्ष्मण बानिया, पुरुषोत्तम सिग्देल, नबिन अधिकारी, योगेश कार्की, शिव शर्मा यसैगरी संस्थापक सदस्यहरु चन्द्र बहादुर लामा, अशोक शाही लगायत यस संस्थामा अफ़्नो अमुल्य योगदान दिनुहुने सल्लाहकार ज्युहरु र प्रत्यक्ष अप्रत्यक्ष यस संस्थालाई माया गर्नुहुने आदरणीय ब्यक्तित्व धर्मराज अधिकारी, टंक गैरे लगाएत सम्पूर्ण अग्रज ब्यक्तित्वहरु मा सम्मान प्रकट गर्दछु ।

फुकुओका नेपाल सोसाइटी एउटा बरको रुख जस्तै छ अरुलाई पनि छहारी दिन्छ र आफैमा पनि बलियो छ र दुइचारओटा हाँगा भाँचिदैमा रुख मरिपनी हाल्दैन ।

नेपालको विभिन्न ठाउँबाट जापानको फुकुओकानै रोजी आफ्नो उज्ज्वल भविष्यको लागि संघर्ष गरिरहनु भएका दाजु-भाई, दिदि बहिनिहरुको हरेक सु:ख ढु:खमा साथ दिने कुरा जानकारी गराउँदछौँ । साथै यसै कार्यकालको सुरुवात बाट सुख र दुःख कोष पनि सञ्चालनमा ल्याएका छौं आगामी दिनहरुमा फुकुओकामा रहनु भएका विभिन्न संघ संस्थाहरुसँग हातेमालो साथै जापानीज संस्थाहरु तथा जापानीज विभिन्न निकायसंग सहकार्य गरी नेपाल र जापान विच राम्रो सम्वन्यकारी भुमिका निर्वाह गर्दै अगाडी बढ्ने कुरा पनि जानकारी गराउँदछु।

बिगतमा अग्रजहरुले गर्नुभएको सहि कामको सदैब सहि मुल्ल्यांकन हुनेछ, म पनि अग्रजहरुको सरसल्लाह अनुसार फुकुओका नेपाल सोसइटीको लागि आफुले निभाउनु पर्ने भूमिकामा कतै चुक्ने छैन, फुकुओका बासीको हाल सम्मको मायाँ सदभाबलाइ कदर गर्दै आगामी दिनहरुमा हरेक पाइलामा हातेमालो गर्दै यस संस्थालाई अगाडी बढाउनका लागि सदा साथ र सहयोग गर्नुहुनेछ भन्ने कुरामा विश्वस्थ छु ।

(संस्कृति र संस्कार सहित जापान र नेपाल जोड्ने अभियान )

अध्यक्ष माधव सिग्देल

तथा फुकुओका नेपाल सोसाईटी परिवार

Message from President (Year 2020)

अध्यक्ष शिब शर्मा

नमस्कार !

नेपाल पर्वत देउपुर ३ जन्म घर भई ७ बर्ष अगाडी जापान आएको म शिब शर्मा दुख लाई नजिक बाट निहालेको छु जापान को कम्पनिमा डिपुटी मेनेजर को रूप मा काम गर्दै आएको छु!

फुकुओकाबासी नेपालीहरुको हक र हितका लागि बिगत १९९५ मा स्थापना भइ २०२०सम्म आइपुग्दा २५ औ कार्यकाल पुगेको छ, म सम्पूर्ण अग्रजहरुलाई नमन गर्न चाहन्छु, जसको त्याग र संकल्पले गर्दा आज फुकुओका नेपाल सोसाइटी यहाँ सम्म पुग्न्न सफल भएको छ ।

हाल सम्म आ-आफ़्नो योगदानले सजाएर फुकुओका नेपाल सोसाईटीलाई सबै थरिका फूलहरु अट्ने साझा फुलबारी बनाइदिनुभएको छ । म सम्झन चाहान्छु पूर्व अध्यक्षहरु सुबोध श्रेष्ठ ,सन्तोष पौडेल ,हरि पाहारी ,छत्र दाहाल ,बद्रि पौडेल ,रामकृष्ण श्रेष्ठ, भरत गौतम ,दिपक देबकोटा ,सुन्दरमणि रेग्मी ,लक्ष्मण बानिया ,पुरुषोत्तम सिग्देल ,नबिन अधिकारी ,योगेश कार्की , यसैगरी संस्थापक सदस्यहरु चन्द्र बहादुर लामा ,अशोक शाही लगायत यस संस्थामा अफ़्नो अमुल्य योगदान दिनुहुने सल्लाहकार ज्युहरु र प्रत्यक्ष अप्रत्यक्ष यस संस्थालाई माया गर्नुहुने अदरणिय ब्यत्तित्वहरु प्रति सँधै मेरो सम्मान थियो र रहिरहनेछ ।

फुकुओका नेपाल सोसाइटी एउटा पिपल को रुख जस्तै छ जस्ले छहरी खोज्दै आउनुहुने सम्पुर्ण फुकुओका बासी या जापान बासी हरू लाई पनि छहारी दिनेछ भन्ने कुरा (२०२० )२५ औ कार्यकाल को अध्यक्ष भयको ले सम्पुर्ण मा बिश्वास दिलाउन चाहान्छु ! फुकुओका नेपाल सोसाईटी को अध्यक्ष हुदै गर्दा आफुले सक्ने र नेपाल देश र नेपाली हरू को पहिचान बनाउदै सगरमाथा को देश नेपाल , बुद्द को जन्म भुमि नेपाल , सिता माता को जन्म भुमी नेपाल , बिश्वकै शुन्दर देश नेपाल हो भन्ने कुरा म आफु लगाएत सम्पुर्ण कार्यसमिती को साथी हरू ले जापानीज हरू लाई चिनाउन को लागी हमेशा तम तयार र तेही कुरा मा रही अगाडी बड्ने कुरा जानकारी दिलाउन चाहन्छु !

नेपालको विभिन्न ठाउँबाट जापानको फुकुओकानै रोजी आफ्नो उज्ज्वल भविष्यको लागि संघर्ष गरिरहनु भएका दाजु-भाई ,दिदि बहिनिहरुको हरेक सु:ख ढु:खमा साथ दिने कुरा जानकारी गराउँदछु । आगामी दिनहरुमा फुकुओकामा रहनु भएका विभिन्न संघ संस्थाहरुसँग हातेमालो गरि अगाडी बढ्ने कुरा पनि जानकारी गराउछु ।

बिगतमा अग्रजहरुले गर्नुभएको सहि कामको सदैब सहि मुल्ल्यांकन हुनेछ,म पनि अग्रजहरुको सरसल्लाह अनुसार फुकुओका नेपाल सोसाईटी लागि आफुले निभाउनु पर्ने भूमिकामा सदैब लागी पर्ने र कतै चुक्ने छैन भन्ने कुरा बिश्वथ दिलाउन चाहान्छु फुकुओका बासीको हाल सम्मको मायाँलाइ कदर गर्दै आगामी दिनहरुमा पनि यस्तै माया गरि हरेक पाइलामा हातेमालो गर्दै यस संस्थालाई अगाडी बढ्नमापूर्ण साथ र सहयोग गर्नुहुनेछ भन्ने कुरामा विश्वस्थ छु ।

अध्यक्ष शिब शर्मा

तथा फुकुओका नेपाल सोसाईटी परिवार

Message from President (Year 2019)

अध्यक्ष योगेश कार्की

नमस्कार !

फुकुओकाबासी नेपालीहरुको हक र हितका लागि बिगत १९९५ मा स्थापना भइ २०१९ सम्म आइपुग्दा २४औँ कार्यकाल पुगेको छ, म सम्पूर्ण अग्रजहरुलाई नमन गर्न चाहन्छु, जसको त्याग र संकल्पले गर्दा आज फुकुओका नेपाल सोसाइटी यहाँ सम्म पुग्न्न सफल भएको छ ।
हाल सम्म आ-आफ़्नो योगदानले सजाएर फुकुओका नेपाल सोसाईटीलाई सबै थरिका फूलहरु अट्ने साझा फुलबारी बनाइदिनुभएको छ । म सम्झन चाहान्छु पूर्व अध्यक्षहरु सुबोध श्रेष्ठ ,सन्तोष पौडेल ,हरि पाहारी ,छत्र दाहाल ,बद्रि पौडेल ,रामकृष्ण श्रेष्ठ ,दिपक देबकोटा ,सुन्दरमणि रेग्मी ,लक्ष्मण बानिया ,पुरुषोत्तम सिग्देल ,नबिन अधिकारी यसैगरी संस्थापक सदस्यहरु चन्द्र बहादुर लामा ,अशोक शाही लगायत यस संस्थामा अफ़्नो अमुल्य योगदान दिनुहुने सल्लाहकार ज्युहरु र प्रत्यक्ष अप्रत्यक्ष यस संस्थालाई माया गर्नुहुने अदरणिय ब्यत्तित्वहरु प्रति सँधै मेरो सम्मान थियो र रहिरहनेछ ।
फुकुओका नेपाल सोसाइटी एउटा बरको रुख जस्तै छ अरुलाई पनि छहारी दिन्छ र आफैमा पनि बलियो छ र दुइचारओटा हाँगा भाँचिदैमा रुख मरिपनी हाल्दैन ।

नेपालको विभिन्न ठाउँबाट जापानको फुकुओकानै रोजी आफ्नो उज्ज्वल भविष्यको लागि संघर्ष गरिरहनु भएका दाजु-भाई ,दिदि बहिनिहरुको हरेक सु:ख ढु:खमा साथ दिने कुरा जानकारी गराउँदछौँ ।
आगामी दिनहरुमा फुकुओकामा रहनु भएका विभिन्न संघ संस्थाहरुसँग हातेमालो गरि अगाडी बढ्ने कुरा पनि जानकारी गराउछु ।

बिगतमा अग्रजहरुले गर्नुभएको सहि कामको सदैब सहि मुल्ल्यांकन हुनेछ,म पनि अग्रजहरुको सरसल्लाह अनुसार फुकुओका नेपाल सोसइटीको लागि आफुले निभाउनु पर्ने भूमिकामा सदैब कतै चुक्ने छैन,फुकुओका बासीको हाल सम्मको मायाँलाइ कदर गर्दै आगामी दिनहरुमा पनि यस्तै माया गरि हरेक पाइलामा हातेमालो गर्दै यस संस्थालाई अगाडी बढ्नमापूर्ण साथ र सहयोग गर्नुहुनेछ भन्ने कुरामा विश्वस्थ छु ।

सन्तुष्टी बने सबै थोक आँफैसँग छ
अध्यक्ष योगेश कार्की तथा फुकुओका नेपाल सोसाइटी परिवार ।

Message from President (Year 2018)

अध्यक्ष नविन अधिकारी

नमस्कार एवं कोनिचिवा ।

फुकुओकामा रहेका सबैलाई एउटै आँगनमा भेला गराउने र एउटै शुत्रमा बाँध्ने फुकुओका नेपाल सोसाईटीलाई २३ औँ कार्यकाल सम्म ल्याउन तपाई र हामीले ठूलो योगदान गरेका छौँ । २३ औँ कालमा आईपुग्दा मलाई र हामीलाई खुशी लागेको छ । १९९५ मा गठन भई आज २०१८ सम्म आईपुग्दा यो संस्था स्थापना गर्ने सबै अग्रजहरुलाई मेरो हार्दिक नमन छ । यो संस्थालाई यहाँसम्म ल्याउन सहयोग र सद्भाव व्यक्त गर्ने सबै साथीहरुलाई पनि धन्यवाद व्यक्त गर्दछु ।

हामी नेपालबाट आएका सबै प्रवासी र फुकुओकामा बस्ने सबै जनाको गर्वको रुपमा यो संस्था स्थापना भएको छ । संस्था सफल हुन एक असल र इमान्दार अभिभाकत्वको आवश्यकता पर्दछ । हामी २३ औँ कार्यकालमा आईपुग्नु भनेको असल अभिभाकत्व पाउँदा भएको सफलता नै हो । यो संस्थाको गरिमालाई उचो बनाउने पूर्व अध्यक्षहरु आदरणिय सुबोध श्रेष्ठ ज्यू , सन्तोष पौडेल ज्यू, हरि पहाडी ज्यू, छत्र दाहाल ज्यू, बद्रि पौडेल ज्यू, रामकृष्ण श्रेष्ठ ज्यू , भरतराज गौतम ज्यू, मोतीप्रसाद श्रेष्ठ ज्यू, दिपक देवकोटा ज्यू, सुन्दरमणी रेग्मी ज्यू तथा लक्ष्मण बानियाँ ज्यू, पुरुषेत्तम सिग्देल ज्यूलाई धन्यवाद दिन चाहान्छु । यो संस्थाको गरिमालाई अझै शोभनिय बनाउन पूर्व कार्यसमितिका पदाधिकारी, सदस्यहरु, सल्लाहाकारहरुलाई पनि हामीले संझिरहने छौँ ।

आज हामी समयको चक्र संगै यो समाजका लागि केहि गर्नुपर्छ भन्ने दायित्वबोध गरिरहेका छौँ । संस्थामा रहेर पद ओगट्ने मात्रै हैन संस्थाको बिकास र समाजमा रहेका सबैको बिकासमा हामीले मिहेनत खर्च गर्नुपर्छ भन्ने मान्यता मैले लिने गरेको छु । हुन त सबैले यहि मान्यता लिनुभएका कारणले पनि होला यो संस्था प्रगतिको पथमा छ । मैले नगरे अरुले गर्दैन । हामीले नगरे कस्ले गर्ने भन्ने मान्यता लिएर हामीले काम गर्नुपर्ने बस्तुगत आवश्यकता हो । हामी र हाम्रो दायित्वलाई आत्मासाथ गर्दै संस्थाको बिकासमा मैले आफुलाई समर्पित गर्नेछु ।

यो संस्था फुकुओकामा बस्ने करिव ६ हजार नेपालीहरुको साझा चौतारी हो । बिदेशमा रहेर पनि स्वदेशमै भएको आभास गराउन संस्थाले विभिन्न समयमा सँस्कृति जोगाउन र पर्यटन प्रबर्दन गर्न महत्वपूर्ण भूमिका खेलेको कसैबाट छिपेको छैन् । बास्तवमा जापानमा पछिल्लो समय नेपालीहरुले बिभिन्न समस्या झेल्न थालेका छन् । ति समस्या समाधानका लागि पनि संस्था अहोरात्र खटिरहेको छ । सुख दुखमा साथै दिँदै आएको यो संस्था आगामी दिनमा फुकुओकामा मात्रै नभई जापानभरि नै सृजनशिल कार्यक्रम सञ्चालन गर्ने गरि अगाडी बढ्ने छ । त्यसका लागि मेरो तर्फबाट हर संभव प्रयास हुने छ भने यहाँहरुको साथ र सहयोग पनि रहनेछ ।

अध्यक्ष नविन अधिकारी तथा फुकुओका नेपाल सोसाईटी परिवार

Message from President (Year 2017)

अध्यक्ष पुरुषोत्तम सिग्देल

नमस्कार !

फुकुओका नेपाल सोसाइटी विगत 1995 देखि 2018 सम्म आइपुग्दा सम्म 22 औं कार्यकाल सम्म आइपुगेकोछ,हिजो जुन सोंच र चाहानाले यो संस्थाको आवश्यकता ठानेर अग्रजहरुले यो संस्थाको गठन गर्नुभयो आज यो संस्था फुकुओकाबासी लगायत सम्पूर्ण नेपालीका लागि एउटा छाता संस्थाको रुपमा स्थापित भइसकेकोछ ।

म सम्झन चाहान्छु फुकुओका नेपाल सोसाईटीलाइ आजको दिन सम्म ल्याई पुर्याउन आफ्नो नेतृत्त्व मार्फत योगदान गर्नुभएका पूर्व अध्यक्ष ज्युहरु सुबोध श्रेष्ठ,सन्तोष पौडेल,हरी पहाडी,छत्र दाहाल,बद्रि पौडेल,रामकृष्ण श्रेष्ठ,भारत राज गौतम,मोति प्रसाद श्रेष्ठ,दीपक देवकोटा ,सुन्दरमणि रेग्मी,लक्ष्मण बानियाँ यसैगरी संस्थापक सदस्य चन्द्र बहादुर लामा,अशोक शाही लगायत यस संस्थाका लागि आफ्नो अमुल्य समय खर्चिएर योगदान गर्नुभएका अग्रज ज्युहरु,हरेक कार्यसमितिका पदाधिकारी ज्युहरु, सदस्य ज्युहरु,सल्लाहकार ज्युहरु ,कयौं मेरो विवेकले सम्झन नसकेका महत्त्वपूर्ण ब्यत्तिहरु प्रति मेरो सँधै सम्मान रहनेछ।

सुन्दर भविष्यको कल्पना गरेर जापानको फुकुओकामा आउनुभएका र आउनुहुने सम्पूर्ण नेपालि दाजुभाइ दिदीबहिनीहरुको लागि प्रदेशमा दुख बिसाउने चौतारी फुकुओका नेपाल सोसाइटी बनोस भन्ने कामना गरिरहेको छु र त्यस्तै संस्था बनाउनको लागि सबैको साथ र सहयोगले मात्र सम्भव छ भन्ने कुरामा दुईमत छैन ।

यस संस्थामा सदस्य बाट सुरु गरेर विभिन्न पद हुँदै अध्यक्ष,सल्लाहकार हुनुभएका अग्रजहरुआज जापानकै विभिन्न क्षेत्रमा स्थापित भइसक्नु भएको छ,यस संस्थामा लागेर उहाँहरुले केहि गुमाउनु पनि भयो होला तर पाउने क्रममा कुशल नेतृत्त्व गर्ने क्षमता,समाजको महत्त्व,आँफुमा आएको परिबर्तन सामाजिक क्षेत्रमा केहि गर्नुपर्छ भन्ने जोश र हौसला,यी सबै कुरा बाहिर देखिने कुरा होइनन जसले महसुस गर्न सक्छ उसैलाई मात्रै के पाएँ भन्ने थाहा हुन्छ,संस्थामा पाउँछु भनेर होइन केहि दिन्छु भनेर लागियो भने दिर्घकालिन रुपमा केहि पाएको महशुस अवश्य हुनेछ ।

अध्यक्ष पुरुषोत्तम सिग्देल

फुकुओका नेपाल सोसाइटी परिवार