
२०२३ /५ /३ तारिख बुधबारको दिन जापानको क्युस्यु फ़ुकुओकामा हरेक बर्ष गोल्डेन उइकको अबसरमा हुने ठुलो पर्ब हाकाता दोंताकुमा फ़ुकुओका नेपाल सोसाइटी मार्फत सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्व हुने गरि सहभागिता हर्ष उल्लासका साथ भएको छ। नेपाली मौलिक पन्चे बाजा ,कौडा बाजा ,नेपाली कल्चर झल्काउने थुप्रै पोशाकहरुको साथमा ,नेपाललाई चिनाउने सगरमाथा ,लुम्बिनी ,पशुपतिनाथको मन्दिर,बाजा हरु लगाएतका तस्बिरहरु संगै नेपाली झण्डा :दोंताकु हेर्न आउने जापानी तथा विभिन्न राष्ट्रका हजारौं दर्शकलाई देखाउने अबसर मिलेकोमा अत्यन्तै खुसि भएका छौँ।
यस दोंन्ताकुमा नेपालीहरु सहभागितालाई भब्य बनाउन आफ्नो कार्यलाई यथा-स्थानमा राख्दै नेपाली विभिन्न कल्चर पोसाक सहित उपस्थित हुनुहुने क्युस्यु वासी सम्पूर्ण दाजुभाई दिदिबहिनीहरु, पन्चे बाजाको लागि हिरोसिमा बाट र टोकियो बाट आउनु हुने तथा फ़ुकुओकामा हुनुहुने कलाकार ज्यूहरु ,क्युस्यु सम्पूर्ण संघसस्था बाट पाल्नुहुने व्यक्तित्वहरु लगाएत सबै सबैमा एकमुस्ट हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
यस कार्यक्रम भब्य बनाउन अहोरात्र खटिनु भएका संस्थाका उपाध्यक्ष कार्यक्रम संयोजक इन्द्र प्रशाद घले ज्यू ,उप-संयोजक सस्थाका सदस्य उज्वल बानियाँ ज्यू लगाएत सम्पूर्ण कार्यसमिति परिवार ,प्रतक्ष तथा अप्रतक्ष रुपमा सहयोग गर्नुहुने मानुभावहरु लाइ बिसेष धन्यवाद व्यक्त गर्दछौं।
आगामी बर्षहरुमा अझ उत्कृस्ट रुपमा सहभागिता जनाउदै नेपाल र नेपाली लाई चिनाउने अभियानमा फ़ुकुओका नेपाल सोसाइटी निरन्तर लागि पर्नेछ ,यहाँहरुको यस्तै माया मिल्ने अपेक्षा गर्दछौं। धनयवाद
फ़ुकुओका नेपाल सोसाइटी परिवार
कार्यक्रम संयोजक – ईन्द्र घले











