Funeso Events, Uncategorized

फुकुओका नेपाल सोसाइटीले ३० औं वार्षिक उत्सब मनायो

फुकुओका नेपाल सोसाइटीले ३० औं वार्षिक उत्सब मनायो

१९१५ सालमा फुकुओकामा बसोबास गर्ने नेपालीहरुमा भाइचारा बढाउदै नेपाली चाडपर्वहरु एकसाथ मनाउने र जापानीज नागरीकहरुलाई नेपाल र नेपालीको बारेमा जानकारी दिने उद्धेश्यले स्थापना भएको फुकुओका नेपाल सोसाइटीले स्थापना कालको ३० औं वार्षिक उत्सब भव्यताका साथ मनाएको छ । फुकुओकाको हाकातामा प्रत्येक वर्ष गोल्डेन विकको अवसरमा मनाउदै आइरहेको हाकाता मिनातो दोन्ताकु माचुरीका अवसरमा नेपाल र नेपालीको प्रतीनिधीत्व गर्दै सहभागी भएर उक्त दिन फुकुओकाको तेन्जिन सेन्ट्रल पार्कमा केक काटेर भव्यताका साथ ३०औं वार्षिक उत्सब मनाइएको हो । हाल सोसाइटीले फुकुओकामा नेपाल र नेपालीको प्रतिनीधित्व गर्दै जापानीज नागरीकहरुलाई नेपाल चिनाउन होस या नव आगन्तुक नेपालीहरुलाई सहयोगी भुमिका निर्वाह गर्न महत्वपुण कदमहरु चाल्दै आइरहेको छ ।

Facebook Comments

Leave a Reply