फुनेसो २७ औं कार्यकाल

फुनेसोको आयोजनामा स्युस्योकु सेमीनार सम्पन्न

फुकुओका
फेबु्रअरी १०
फुकुओकामा क्रियाशील रही विभिन्न कार्यक्रमको आयोजना गर्दै आई रहेको फुकुओका नेपाल सोसाइटीको आयोजनाको आयोजनामा विगतका वर्षमा झै यस वर्ष पनि मिति २०२४ फेबु्रअरी १० तारिकका दिन हाकाता स्टेसन नजिकैको हलमा नेपाली विधार्थीहरुको लागि स्युस्योकु सेमीनार भव्यताका साथ सम्पन्न भयको छ ।
२०२१ बाट सुरु गरिएको उक्त कार्यक्रममा पहिलो वर्ष क्यूस्यूको विभिन्न विद्यालयका गरी करीब ५० जना, दोस्रो वर्ष करिब २०० जना र यस वर्ष करीब २० जना नेपाली विधार्थीहरुको सहभागिता रहेको थियो । साथै विगतका वर्षमा फुनेसोले आयोजना गरेको स्युस्योकु सेमीनारमा सहभागी भै करीब १५ जना नेपालीहरुले भिसा परिवर्तन सम्म गरेको छन। यस वर्ष जापानको विभिन्न क्षेत्रमा कार्य गर्दै विदेशीहरूलाई कर्मचारीको रूपमा राख्दै आएका ५ वटा कम्पनीको उपस्थिति रहेको थियो । जापानमा उच्च शिक्षा अध्ययन सके पनि काम खोज्नमा विभिन्न समस्यामा परेका नेपालीहरुलाई काम खोज्नका लागि यो सेमीनारले सहयोग गरेमा व्यतिगत तथा संस्थागत तर्फबाट पनि खुशी हुने कुरा संस्थाका अध्यक्ष ज्युले बताउनु भयो ।

फुनेसोले स्युयोकु सेमीनार गर्ने

फुकुओकामा क्रियाशील रही विभिन्न कार्यक्रमको आयोजना गर्दै आई रहेको फुकुओका नेपाल सोसाइटीको आयोजना यही मिति २०२४ फेबु्रअरी १० तारीक शनिबारका हाकाता सीमिन सेन्टरको हलमा नेपाली विधार्थीहरुको लागि स्युस्योकु सेमीनार हुने भयको छ ।
२०२१ बाट सुरु गरिएको उक्त कार्यक्रममा पहिलो र दोस्रो वर्ष क्यूस्यूको विभिन्न विद्यालयका गरी करीब ३०० जना नेपाली विधार्थीहरुको सहभागिता रहेको र करीब १५ जना जतिले स्युस्योकु गर्न पनि सफल भएका थिए । यस वर्ष करीब ५० जना विधार्थीहरुको सहभागिता रहने अपेक्षा गरिएको छ । स्यूस्योकु सेमिनारमा क्यूस्युको विभिन्न क्षेत्रमा कार्य गर्दै विदेशीहरूलाई कर्मचारीको रूपमा राख्दै आएका करिब २ वटा कम्पनीको उपस्थिति रहने छ ।

यस कार्यक्रमबाट युनिभर्सिटी तथा भोकेसनल स्कूल सकेर पनि कर्मचारीको रूपमा काम गर्न न पाउनु भयका नेपालीहरुलाई काम खोज्न सहयोग पुग्ने आशा गरिएको छ । त्यस्तै यो संस्थाले यो कार्यक्रम भन्दा अरु पनि नेपाल र नेपालीलाई परदेशमा चिनाउने कार्यक्रम तथा परदेशमा रहे पनि आफ्नो देश, कला, संस्कृति जोगाउन प्रेरित गर्ने खालका कार्यक्रम पनि गर्दै आई रहेको र आगामी दिनमा पनि निरन्तरता दिने योजना रहेको छ ।
उक्त सेमिनारमा भाग लिन चाहनु हुने विद्यार्थीहरुले तलको लिङ्कबाट गुगल फर्म भरी आफ्नो सीट सुरक्षित गर्नुहुन आयोजक समितिले अनुरोध गरेको छ ।

फुकुओका नेपाल सोासइटी परीवार

 

फुनेसोकाे सहयाेगमा भुकम्प प्रभावीत क्षेत्रमा राहत वितरण सम्पन्न

फुकुओका नेपाल सोसाइटीद्धारा संचालीत सुख दुःख कोष र भुकम्प पिडीत सहयोगार्थ आयोजीत देउसी भैलो कार्यक्रमबाट संकलीत रकमबाट ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालको सहकार्यमा सहयोग वितरण गरीएको छ । फुकुओका नेपाल सोसाइटीको आर्थिक सहयोग र ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपाल को प्राविधिक सहयोग र उक्त संस्थाकी संस्थापक अध्यक्ष चादनी ऐरीको भौतिक उपस्थीतिमा गत कार्तिकमा रुकुम पश्चिम र जाजरकोटमा गाएको भुकम्प प्रभावीत क्षेत्र जाजरकोट जिल्ला कुसे गाँउ पालिका वडा नं. ४ का करीब ७० घरधुरीलाई न्यानो ब्याल्याङकेट तथा ५ जना साना नानिबाबुहरुलाई न्यानो कपडा वितरण गरीयाे ।

फुकुओका नेपाल सोासइटी परीवार

 

फुनेसो तीज विशेष कार्यक्रम सेप्टेम्बर १७ मा सम्पन्न

फुकुओका नेपाल सोसाइटीले विगतका वर्षमा झै यस वर्ष पनि यहि मिति २०२३ सेप्टेम्बर १७ तारीक आइतबारका दिन सम्पन्न गरेको फुनेसो तीज विशेष कार्यक्रम नेपालबाट पाल्नु भएकी गायिका प्रिती आले, गायिका कल्पना दाहाल, फुकुओकामै रहनुभएका गायक तथा सर्जक पुरुषोत्तम सिग्देल, गायक माधव सिग्देल, गायक प्रेम सापकोटा लगायत यस कार्यक्रमको सुरुवातबाट अन्त्य सम्म सहयोग गर्नुहुने इभेन्ट पार्टनर, डाइमन्ड स्पोन्सर, गोल्ड स्पोन्सर, सिल्भर स्पोन्सर, अन्य स्पोन्सरहरु, फुनेसो पुर्व अध्यक्ष ज्यूहरु, अन्य विभीन्न संघसंस्थाहरु लगायत जापानको व्यस्तताका वावजुत पनि हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नुभएका दर्शकवृन्दहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।

फुकुओका नेपाल सोासइटी परीवार

 

फुनेसो तीज विशेष कार्यक्रम सेप्टेम्बर १७ मा हुने

नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा फुकुओका नेपाल सोसाइटीले सधैका वर्ष जसरी यस वर्ष पनि नेपाल तथा जापानमै भएका चर्चित कलाकारहरुको साथमा “फुनेसो तीज विशेष कार्यक्रम २०२३” आयोजना गर्ने भएको छ । कार्यक्रम यहि सेप्टेम्बर १७ तारीक आइतबारका दिन फुकुओकाको चिहायामा रहेको नामीकि हलमा आयोजना हुने भएको छ । १९९५ सालमा स्थापना भएको फुकुओका नेपाल सोसाइटीले स्थापना कालदेखिनै नेपाल र नेपालीहरुका विभीन्न चाड पर्व बिशेष कार्यक्रम आयोजना गर्दै फुकुओकामा बसोबास गर्ने नेपालीहरुको अभिभावकिय भुमीका निर्वाह गर्दै आइरहेको छ, यस वर्ष पनि विगतका वर्षमा जस्तै “फुनेसो तीज विशेष कार्यक्रम २०२३” कार्यक्रम आयोजना गर्न लागीएको हो ।

यस वर्षको कार्यक्रम मनोरन्जनका लागी मात्र नभै कार्यक्रमबाट बचत भएको रकमको केही प्रतिशत रकम संस्थाद्धारा संचालीत सुख दुख कोषमा राखी नेपाल तथा जापानमा समस्यामा परेका नेपालीहरुका लागी गर्दै आइरहेको सहयोगलाई निरन्तरता दिने योजना रहेको छ ।

साथै नेपालबाट आउने कलाकारको जानकारी सहित विस्तृत रुपमा पुन जानकारी गराउने र सम्पुर्णमा सेप्टेम्बर १७ तारीकका दिन उपस्थितीका लागी अनुरोध गर्दै अन्य संघ संस्थाहरुलाई उक्त दिन कार्यक्रम नजुधाइदिनुहुन पनि संस्थाका अध्यक्ष इन्द्र प्रसाद घलेले अनुरोध गर्नुभएको छ ।

 

Leave a Reply