सुख दुःख कोष 0
No results found.
फुकुओका नेपाल सोसाइटि सुख दुःख कोष

सन १९९५ मा स्थापना भएको फुकुओका नेपाल सोसाइटिले २६ औ कार्यकालमा सुख दुःख कोष स्थापना गरेको छ। १६ बुदे निर्देशिका जारी गर्दै नेपाल वा जापानमा बसोबास गर्नु हुने नेपालीहरुलाई आपत विपतमा सहयोग गर्न तथा नेपाल वा जापानमा आइपर्न सक्ने जुनसुकै प्रकारको प्राकृतिक प्रकोप तथा अन्य भैपरी अवस्थामा आवश्यक मानवीय सहयोग तथा राहत उपलब्ध गराउनको लागि सुख दुख कोष स्थापना गरेको छ।यस फुकुओका नेपाल सोसाइटिको मातहतमा रहेको कोष यही मिति जुलाई १२ तारिक बाट लागू गरिएको छ।यस कोषलाई माया गर्नु हुने सम्पूर्णले संस्थाको खातामा रकम जम्मा गर्न सक्नु हुनेछ। संस्थाको १६ बुदे सुख दुःख कोष निर्देशिका यस प्रकार रहेको छ।






